सडकमा जनप्रतिनिधि
जनकपुरधाम । लक्ष्मीनियाँ गाउँपालिकाले सोमबार आयोजना गरेको गाउँसभा बैठक बहिष्कार गर्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले चक्काजाम गरी विरोध प्रदर्शन गरेका छन् ।
गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र कानुन विपरित प्रस्तुत भएको र मातहतका जनप्रतिनिधिलाई बेवास्ता गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । जनकपुरधाम–ढल्केवर सडक खण्डस्थित लक्ष्मीनियाँ चोकमा पालिका सदस्यहरुले टायर बालेर गाउँपालिका अध्यक्ष विरुद्ध नाराबाजी गरेका छन् ।
वडा अध्यक्षहरुलाई कार्यादेश नदिने, कार्यादेश पाएर काम गरेकाहरुको पनि निकासा नदिने अध्यक्षको प्रवृतिले आजित भएर प्रशासकीय अधिकृत नागेन्द्र यादवले पनि सरुवा गराएर अन्यत्र जान बाध्य भएको आरोप उनीहरुको छ ।
‘नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकवारे १५ दिन अगाडि लिखित आमन्त्रण गर्नुपर्ने हो’ प्रदर्शनकारी जनप्रतिनिधिले न्यूज आजसँग भने, ‘८ गते पत्र पठायो, १० गते बैठक बस्छ । यो कानुनी प्रक्रिया हो कि व्यवहारिक ?’ गाउँपालिका अध्यक्षले व्यवहारमा परिवर्तन नगरेसम्म गाउँसभा सम्पन्न हुन नदिने उनीहरुको अडान छ ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?