आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
प्रधानमन्त्रीसहित कार्यदल सदस्य र काँग्रेस नेताहरूबीचको छलफलमा
जनकपुरधाम । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र काँग्रेस नेताहरूबीचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेकोले आज बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने कानुन मन्त्री पदम गिरीले जानकारी दिएका छन् ।
Facebook Comments Box