मुख्यसचिव अर्याल विरुद्ध अख्तियारको मुद्दा
जनकपुरधाम । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालसमेत छ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दा दर्तासँगै मुख्यसचिव अर्याल निम्बनमा परेका छन् ।
अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा अर्याल समेत सम्बद्ध कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । मुख्यमन्त्री अर्यालसहित अर्थ सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका अधिकृत टेकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही र सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठ विरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुसँग जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो माग दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
Facebook Comments Box
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?