मधेशमा ‘बेटी जिन्दावाद !’
जनकपुरधाम । मधेश प्रदेशसभामा लामो समयपछि शनिबार एक नयाँ कानुन पारित भएको छ । सर्वसहमतिले पारित भएको उक्त कानुन हो, बालिका संरक्षण ऐन २०८१ ।
मधेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले विधेयक पारितका लागि प्रस्तत गर्दैगर्दा नारा लगाए ‘बेटी जिन्दावाद !’
बालिका संरक्षण सम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशको रुपमा मधेश प्रदेशको नाम आएको उल्लेख गर्दै मन्त्री जयसवालले उत्साहित भएर ‘बेटी जिन्दावाद !’ भनेर नारा लगाए । उनले भने, ‘जानकीजीको भूमिबाट देशमै पहिलो बालिका संरक्षण सम्बन्धी कानुन पारित भएको छ । त्यसैले एक पटक भनौं बेटी जिन्दावाद !’
मन्त्री जयसवालले प्रदेशमा छोरी बिमा कार्यक्रम पुनः सुरु गर्न १२ करोड थप रकम बजेटमा व्यवस्था गरेको जानकारी दिए । उनले पितृसत्ता भत्काउनेगरी यो ऐन आएको जिकिर गरे ।
बालिका संरक्षणको कुरा गर्दा बालकप्रति अन्याय हुन नदिन सरकार गम्भिर रहनुपर्ने उल्लेख गर्दै मन्त्री जयसवालले भने, ‘सकारात्मक विभेदको माध्यमबाट छोरीलाई सशक्तिकरण गर्न आवश्यक छ ।’
विधेयक पारित हुनु अगाडी १७ जना सांसदले सुझाव वक्तव्य दिएका थिए । उनीहरुले उठाएको विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यक्ता औल्याए । उनले यो विधेयकलाई कानुनको रुप दिन पुरुष सांसद भन्दा महिला सांसदले आमाको रुपमा अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै महिला सांसदहरुप्रति सम्मान प्रकट गरे ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा
- Main Newsकार्तिक २४, २०८१प्रशासकीय अधिकृतको असहयोगले बहुदरमाइमा समस्या
- Main Newsकार्तिक २४, २०८१गैंडाको आक्रमणबाट टुरगाइड घाइते
- Main Newsकार्तिक २३, २०८१उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न