संसदका कर्मचारीले बाँधे कालो पट्टी

काठमाडौं । संघीय संसदका कर्मचारीले हातमा कालो पट्टी बाँधेर अनसन बसेका छन् । कार्यालय समय बाहेक काम गरे वापतको भत्ता सुविधा माग गर्दै उनीहरु अनसनमा बसेका हुन् ।

मंगलबार बिहान १० बजेदेखि कर्मचरीहरुले प्रतिनिधिसभाका महासचिवको कार्यकक्ष घराउ गर्दै अनसन बसेका हुन् । कर्मचारीहरुले विरोध स्वरुप बिहान १० बजेदेखि ११ बजेसम्म संसद महासचिवको कार्यालय घेराउ गरी अनसन बसेको संसद सचिवालयले जनाएको छ ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: