किन घट्यो मधेश सरकारको बजेट ?

जनकपुरधाम । मधेश सरकारले शनबिार अगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट घोषणा गरेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २० करोड कम हो ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटः ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार
आर्थिक वर्ष २०८०/०८१ को बजेटः ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार
के हो बजेटको श्रोत ?
आन्तरिक श्रोतः ९ अर्ब ७ करोड
अनुदानहरुबाटः ११ अर्ब ३५ करोड
राजस्व बाँडफाँटः १३ अर्ब ६० करोड
मौज्दातः ७ अर्ब ८६ करोड
आन्तरिक ऋणः २ अर्ब
बजेटको यो स्रोतलाई विश्लेषण गर्ने हो भने चालु आर्थिक वर्षको खर्च घटाएर सरकारले अगामी आर्थिक वर्षको लागि बढी बजेट देखाउन खोजेको बुझिन्छ । ७ अर्ब ८६ करोड मौज्दात राखेर जोड्दा ४३ अर्ब बजेट पुग्न गएको हो । मौज्दात नदेखाए बजेटको सिलिङ ३५ अर्ब भन्दा पनि तल पुग्छ ।
किन घट्यो त बजेट ?
मधेश प्रदेश सरकारको बजेट घट्नुको मुख्य दुई कारण छ । पहिलो त प्रदेश सरकारले आन्तरिक आम्दानी वृद्धि गर्न असफल भइरहेको छ । अर्को, संघीय सरकारले बजेट कटौति गरिदिएको छ । गत जेठ १५ गते वर्तमान संघीय सरकारका अर्थ मन्त्री वर्षमान पुनले मधेश प्रदेश सरकारलाई दिने अनुदानहरुमा कटौति गरिदिएका थिए ।
प्रदेश सरकारले वितिय अनुशासनको दायरामा रहेर प्रभावकारी रुपमा बजेट खर्च गर्न नसक्नुको परिणाम हो, संघीय सरकारको तर्फबाट पाउनुपर्ने अनुदानमा कटौती । यस समस्याप्रति सरकार दृढ भएर काम गर्न सक्नुपर्ने एउटा चुनौति छ भने आन्तरिक आम्दानीका स्रोतहरुमा वृद्धि ल्याउनु अर्को चुनौति हो ।