मधेश प्रदेशको बजेट कुन मन्त्रालयमा कति ?
जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरतप्रसाद साहले शनिबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गरेका छन् ।
उनले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
चालु तर्फ १६ अर्ब ७ लाख १ हजार (३६.४५ प्रतिशत) पुँजीगत तर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५ प्रतिशत) विनियोजन गरिएको छ ।
मन्त्रालयगत बजेटः
भौतिक पूर्वाधार विकास मन्त्रालयः १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार
शिक्षा तथा संस्कृति मन्त्रालयः २ अर्ब ९० करोड ५१ लाख ७६ हजार
खेलकुद तथा समाज कल्याण मन्त्रालयः १ अर्ब ९५ करोड ८३ लाख ५० हजार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयः ५ अर्ब २१ करोड ६५ लाख ६ हजार
गृह, कानुन तथा सञ्चार मन्त्रालयः ७७ करोड ५७ लाख ४ हजार
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयः २ अर्ब ९८ करोड ५८ लाख २२ हजार
श्रम तथा यातायात मन्त्रालयः ९९ करोड ९७ लाख ४८ हजार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयः २ अर्ब ७९ करोड १९ लाख
वन तथा वातावरण मन्त्रालयः २ अर्ब ४२ करोड ४० लाख २५ हजार उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयः ५ अर्ब १७ करोड ९६ लाख ४२ हजार