मधेश प्रदेशः २०८२ लाई पर्यटन वर्ष घोषणा

जनकपुरधाम । मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौं मधेश, बुझौं मधेश’ अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकारका अर्थ मन्त्री भरत साहले शनिबार साँझ प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो अभियान सञ्चालनको घोषणा गरेका हुन् ।
सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि २ अर्ब ९८ करोड ५८ लाख २२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
Facebook Comments Box