किन आएन मधेश प्रदेशको बजेट ?

जनकपुरधाम । शनिबार अपरान्ह चार बजे बस्ने भनिएको प्रदेशसभा बैठक साढे सात बजेसम्म पनि अन्यौलमै छ ।

अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बोलाइएको बैठकमा अर्थ मन्त्री नै नदेखिएपछि बैठक अनिश्चित भएको हो । करिब साढे तीन घण्टादेखि बैठक सुरु हुने प्रतिक्षामा बसेका सांसदहरुले सत्तापक्षको तयारी अभावका कारण कामविहीन भइरहेका छन् ।

जसपा सांसद मनिष सुमन भन्छन्, ‘सरकारको तयारी छैन भने आज बैठक नबोलाए हुन्थ्यो नि !’ अर्का एक सांसद आँगनमा जन्ती आइसकेपछि भोजका लागि तरकारी किन्न बजार जाने सुरसार गरे जस्तै भयो ।

ADVERTISEMENT

चार बजेदेखि सुरु हुने भनेको बैठक आठ बज्न लाग्दा पनि सुरु हुने छाँटकांट नभएको संसदमा अर्थ मन्त्रीको प्रतिक्षामा बसेका सांसद शेषनारायण यादवले बताए ।

Facebook Comments Box
न्यूज आज