गण्डकीको बजेट ३२ अर्ब ९६ करोड [पूर्णपाठ]
जनकपुरधाम । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिलामन्त्री टकराज गुरुङले शनिबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट पेस गरेका छन्। मन्त्री गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत विनियोजन गरिएको बताए।
त्यस्तै, पूँजीगततर्फ १९ अर्ब ५१ करोड करोड अर्थात ६० प्रतिशत विनियोजन गरिएको छ। यो वर्ष गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा केही बढाएर बजेट ल्याएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को बजेट ३३ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो।
गण्डकी सरकारले पर्यटन, कृषि, खानेपानीलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा पनि यसलाई प्राथमिकतामा राखिएको थियो। भौतिक पूर्वाधार निर्माणमा १२ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गुरुङले बताए।
यससँगै प्रदेश सरकारले व्यावसायिक कृषिमा जोड दिने जनाएको छ। कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि दुई अर्ब नौ करोड रुपैयाँ विनियोजन गरिएको छ।