प्रधानमन्त्री प्रचण्डलाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन् : गगनकुमार थापा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन् । आज शनिबार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि थाहा नभएको बताएका हुन् । 

उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । 

उनले भने, ‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलि पनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसाबकिताब बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जाने वाला छ ।’

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरूले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरू जिम्मेवारी अनुसारको काम नगरी सामाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको आरोप लगाए । 

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: