मधेश सरकारले आज बजेट ल्याउँदै

जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मधेश सरकारले बजेट ल्याउन लागेको हो । बजेका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दै छ ।

अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने छन् । उनले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

बजेटमा गरिबी निवारण, रोजगरी सृजना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिने अर्थमन्त्री साहले बताएका छन् ।

उनका अनुसार आगामी बजेटमा टुक्रे योजना समावेश गरिने छैन् । ५० लाखभन्दा बढीको योजना मात्र समावेश गरिनेछ ।

Facebook Comments Box
    ट्याग: