जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु : गृहमन्त्री रवि लामिछाने

जनकपुरधाम । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् । आज शुक्रबार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले जनकपुरकाे जग्गा अतिक्रमणबारेकाे खाेजी सुरु भएकाे जानकारी दिएका हुन् ।
‘यस क्षेत्रको करिब नौ हजार बिघा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले बिग अपरेसन गरिरहेको छ ।’ उनले भने, ‘याे अप्रेसनबाट अतिक्रमणमा परेकाे हजाराैँ बिग्गा जग्गा फिर्ता लिएर आउछाैँ ।’
गृहमन्त्री रवि लामिछानेले यस विषयमा सञ्चारमाध्यामलाई आफूले छिट्टै सम्पूर्ण जानकारी गराउने उल्लेख गरे । उनका अनुसार यस अतिक्रमणमा रहेका सबैलाई कानुनी रुपमा सरकारकाे जग्गा सरकारलाई फिर्ता गराउने बताए ।
Facebook Comments Box