मधेश प्रदेशकाे बजेटमा गरिबी निवारणदेखि सामाजिक न्यायका विषयलाई प्राथमिकता

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ बजेटलाई लक्षित गरी बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेका छन् । मधेश प्रदेश सभाकाे तेश्रो अधिवेशन आठौँ बैठकमा आज अर्थमन्त्री भरत प्रसाद शाहले ‘आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त उद्देश्य र प्राथमिकता सम्बन्धी सदनलाई जानकारी दिए ।

बजेट अधिवेशनको रूपमा समेत रहेको वर्षे अधिवेशनमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकतामाथि छलफलपछि आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गरिने छ । प्रदेश सरकारको बजेट खर्चलाई पारदर्शी र प्रभावकारी बनाइने साथै सन्तुलित खर्च र गरिवी निवारण, उत्पादन वृद्दि र सामाजिक न्याय लगायतका विषयलाई विनियोजन विधेयकको प्राथमिकताकाे रूपमा लिइएको छ । साथै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने भएको छ ।

साथै प्रदेश सभाको आजको अर्काे बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने छ। 

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज

    ट्याग: