मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतीले पारित भएको छ । विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो ।
गत मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरेकी थिइन् । जनमत नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रममा २७ पष्ठमा दुई सय २७ बुँदे नीति उल्लेख छ ।
नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रतिपक्ष दलका सांसदसंगै सत्तापक्षका सांसदहरु पनि त्रुटीहरु औल्याएका थिए । छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले सुधार गर्ने आवश्वासन दिएका थिए ।
Facebook Comments Box