मुख्यमन्त्रीको आश्वासन पछि संशोधन प्रस्ताव फिर्ता

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतीश सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको विहीबार जवाफ दिएका छन् । जवाफ दिँदै मुख्यमन्त्री सिंहले सांसदको साकारात्मक आलोचना र सुझावलाई आत्मसात गरेर अगाडी बढ्ने आश्वासन दिएको हो ।

मुख्यमन्त्री सिंहले छुटेको योजनालाई समावेश पनि गर्ने बताए । नीति तथा कार्यक्रममा समय अभावको कारण धेरै बुंदा समावेश गर्न नसकिएको उनले प्रष्ट गरे । ‘समय पनि अभाव थियो । धेरै बुँदा राखेपछि छलफल गर्न पनि जटिल हुन्छ,’उनले भने,‘तर छलफलको क्रममा उठेको सुझाव र योजनालाई समावेश गर्नेछु ।’

मुख्यमन्त्री सिंहले आश्वासन दिएपछि सांसदहरुले नीति तथा कार्यक्रमाथि दार्ता गराएको संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्माले संशोधन प्रस्ताव दार्ता गराएका थिए ।

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज