सत्तापक्ष सांसदको प्रश्न ‘कृषि मन्त्रालय कहाँ छ ? कृषि मन्त्रालय भेन्टिलेटरमा छ’

जनकपुरधाम । मधेश प्रदेश सभामा सत्तापक्षको सांसद रहबर अन्सारीले कृषि मन्त्रालयको काम काकरवाही प्रति असंतुष्टी जनाएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कृषि नीति प्रति पनि असंतुष्टी जनाएको हो ।

जनतामा जाँदा सबैभन्दा ठुलो आरोप कृषि सम्बन्धि सुन्नु परेको उनले बताए । ‘साँच्चै कृषि मन्त्रालय कहाँ छ ?,’उनले प्रश्न गर्दै भने,‘कृषि मन्त्रालय अस्वस्थ्य छ, भेन्टिलेटरमा चलिरहेको छ ।’ कृषि मन्त्रालयलाई चलायमान बनाउनु पर्ने उनको धारणा छ । कृषि र वनमा ड्रोनको व्यवस्था गर्न उनले सुझाए । सिचाई, मल र बीउ सम्बन्धि नीति कार्यान्यवनमा उनले जोड दिए ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: