नीति तथा कार्यक्रममा सांसदको वङ्ग्य ‘चकलाबन्दी कुन चाराको नाम हो ?’

जनकपुरधाम । मधेश सरकारले प्रस्तुत गरेकाे आगामी वर्षकाे नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएकाे छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले मधेश प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि वङ्ग्य गरेका छन् । अगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कार्यान्वयनमा शंका व्यक्त गरे ।

‘व्यवहार र बजेट ‘वेट एण्ड वाच’मा छ । चकालाबंदी हरेक वर्षको नीति तथा कार्यक्रममा आउँछ,’उनले भने,‘तर यो चकलाबन्दी कुन चाराको नाम हो अहिले सम्म थाह भएन ।’ हात हातमा सवारी घर घरमा रोजगारी कार्यक्रम पनि प्रष्ट नरहेको बताए ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नपाली काँग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंहले नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम नदेखिएको बताए । कार्यान्वयनको चरणमा रहेका कार्यक्रम छुटाइएको उनको गुनासो छ । उनले ९ वटा बुंदामा संशोधन प्रस्तावसमेत पेश गरेका छन् । मधेश सहीद लोकमार्ग प्रत्येक वर्ष आउँछ तर सात वर्षदेखि काम शून्यको अवस्थामा रहेको भन्दै कार्यान्वयनमा जोड दिन उनले सरकारलाई सुझाए ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: