मधेशका मुख्यन्यायधिवक्ताले दिए राजीनामा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्याधिवक्ता विरेन्द्र ठाकुरले राजीनामा दिएका छन् । बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । लगत्तै भण्डारीले राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयस्रोतले जानकारी दियो ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा संविधानको धारा १६० को उपधारा ४ बमोजिम मधेश प्रदेशका मुख्यन्यायधिवक्ता वीरेन्द्र ठाकुरले पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ । नव नियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहमार्फत पठाइएको राजिनामा मंगलबारदेखि नै लागु हुने गरी स्वीकृत भएको विज्ञप्तीमार्फत जनाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा ठाकुरलाई २०७९ माघ १५ गते मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको थियो ।
Facebook Comments Box