रविलाई अफर – आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।
बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा बोल्दै डा. राउतले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नुपर्ने बताए।
त्यस्तै उनले आन्दोलनको नेतृत्व गर्न रास्वपाका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्दै प्रधानमन्त्री बनाउने आश्वासन समेत दिए।
Facebook Comments Box