‘मुख्यमन्त्री’ कै नाममा आधा दर्जन अभियान

जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मुख्यमन्त्रीकै नाममा आधा दर्जन अभियान समावेश गरिएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्यमन्त्रीको नाममा नयाँ र पुरानो गरी आधा दर्जन अभियान राखिएको हो ।

मुख्यमन्त्री हरित प्रदेश अभियान
नीति तथा कार्यक्रमको ५३ नम्बर बुंदामा ‘मुख्यमन्त्री हरित प्रदेश अभियान’ सञ्चालन गरी प्रदेशलाई हरियाली बनाउने लक्ष्य लिइएको छ । जस अभियान अन्तर्गत सार्वजनिक खाली ठाउँमा वृक्षारोपण गर्ने र प्रति विरुवा हुर्काए पश्चात उत्पादनमा अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम
थानीय तहसँग सहकार्य गरी ‘मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने मधेश सरकारको नीति छ । यस कार्यक्रमले मधुमेह, रक्तचाप तथा अन्य नसर्ने रोगको प्राथमिक उपचार तथा सचेतना जगाउने नीतिमार्फत विश्वास लिइएको छ ।

ADVERTISEMENT

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम
स्वास्थ्य क्षेत्रमै ‘मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम’ नामले अर्को नीति पनि राखिएको छ ।

मुख्यमन्त्री महिला उज्जवला कार्यक्रम
महिलाहरुको जीवनयापन सहज बनाउन मुख्यमन्त्रीकै नाममा ‘मुख्यमन्त्री महिला उज्जवला कार्यक्रम’ पनि समावेश गरिएको छ ।

मुख्यमन्त्री प्रदेश साक्षर अभियान
त्यस्तै, ‘मुख्यमन्त्री प्रदेश साक्षर अभियान’ पनि सञ्चालन गरिने नीति तथा कार्यक्रममा राखिएको छ । जस अन्तर्गत ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ, एक पालिका एक उत्कृष्ट शिक्षक अभियान, मेरो विद्यालय मेरो जिम्मेवारी र कन्या आवासिय कलेज स्थापना गर्ने अवधारणा सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री रोजगार अभियान
प्रदेश भित्रका युवाहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले ‘मुख्यमन्त्री रोजगार अभियान’ सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । जस अन्तर्गत स्टार्टअप सहयोग, गरिखाने अभियान सञ्चालन गरिने छ । मंगलबार प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । यद्यपि नीति तथा कार्यक्रम संसदबाट पारित हुन बाँकी छ । बिहीबार (भोली) देखि नीति तथा कार्यक्रममाथि छलफल हुने प्रदेशसभाको कार्यसूची छ ।

Facebook Comments Box
न्यूज आज