मधेसका सांसदलाई ५ करोड बाड्ने निर्णयविरुद्धको रिटमा पेसी तोकियो
जनकपुर । मधेस प्रदेशका सांसदहरुलाई ५ करोड दिने प्रदेश सरकारको निर्णयविरुद्ध परेको रिटको पेसी तोकिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।
मंगलबार मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मनिषकुमार मण्डल, पारितोष कुमार साह र आबिद हुसैनले प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई एक करोड ५० लाखको योजना दिने निर्णय गरेको थियो।
उक्त निर्णय शक्ति पृथकीकरणको सिद्धान्त विपरीत रहेको भन्दै निर्णय बदर गरी परमादेशको आदेश जारी गर्न माग गरिएको छ।
आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा भएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगराउन सर्वोच्चले गरेको अन्तरिम आदेशलाई पनि उल्लेख गर्दै उनीहरूले मधेस सरकारको निर्णय रोक्न माग गरिएको छ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २८, २०८१मन्त्रीलाई गुलाबको फुल
- Main Newsकार्तिक २८, २०८१शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र
- Main Newsकार्तिक २८, २०८१धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा