मधेशको नीति तथा कार्यक्रम : प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र
जनकपुर । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा दुव्र्यवसनमा परेका युवाहरुमा सुधार ल्याउन विशेष जोड दिन लागेको हो ।
दुव्र्यवसनमा परेका युवाहरुलाई नशामुक्त गर्न प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापना गर्ने प्रदेश प्रमुख भण्डारीले घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘सर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागु औषध दुव्र्यवसन न्यूनिकरण गर्न विशेष नीति ल्याइनेछ,’नीति तथा कार्यक्रममा उल्लेख छ,‘लागु पदार्थको दुव्र्यवसनमा परेका युवाहरुलाई ओरल सवसिटियुसनल थेरापीसहितको प्रत्येक जिल्लामा सहिद पुर्नस्थापना केन्द्र स्थापनिा गरिनेछ ।’
Facebook Comments Box