जनमत सरकारको प्राथमिकतामा पत्रकारहितका कार्यक्रम

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्र र पत्रकारहितको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारको तर्फबाट मंगलबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई विशेष महत्व दिइएको देखियो ।

‘प्रेस स्वतन्त्रताको सवालमा सरकार गम्भिर रहनेछ । पत्रकारको मनोबल बढाउन पुरस्कार वितरणको व्यवस्था गरिनेछ’ भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिइनेछ ।

ADVERTISEMENT

समानुपातिक विज्ञापनको प्रबन्ध मिलाइनेछ । सामुदायिक रेडियो सञ्जाल निर्माण गरी रेडियोकर्मीहरुलाई दक्षता प्रदान गरिनेछ । पत्रकारका लागि स्वास्थ्य बिमा र दुर्घटना विमाको व्यवस्था गरिनेछ ।’

Facebook Comments Box
न्यूज आज