असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुँदै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी असार ६ गते प्रतिनिधि सभामा प्रश्नोत्तर हुने भएको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने उल्लेख गरिएको छ।
प्रतिनिधि सभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था रहेकोमा यसअघि नै सो कार्यको सुरुवात भएको हो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण यसअघिका बैठकहरुमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन सकेको थिएन।
यसअघि हरेक महिनाको पहिलो साता उक्त प्रश्नोत्तर कार्यक्रम गरिँदै आइएको थियो। प्रश्नोत्तरमा आफ्ना क्षेत्र, राष्ट्रिय स्तरका सवाल लगायत विषयमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् र प्रधानमन्त्रीले पनि तत्काल त्यसको उत्तर दिने गरेका छन्।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?