२ बजे भनिएको नीति कार्यक्रम ६ बजे सर्यो
जनकपुरधाम । मधेश सरकारले आज (मंगलबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभामा साँझ ६ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । यस अघि दिउँसो २ बजेको लागि समय तोकिएको थियो ।
संविधानको धारा १८४ को उपधारा २ बमोजिम भण्डारीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
करिब साढे छ वर्षसम्म जसपा नेपालकै नेतृत्वमा रहेको सरकार फेरिएर जनमतको नेतृत्वमा पुगेपछि पहिलो नीति तथा कार्यक्रम आउन लागेको हो ।
Facebook Comments Box