गृहमन्त्रीको मुद्दामा सिआइबीको प्रतिवेदन झिकाउन आदेश

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्री लामिछाने विरुद्ध कुनैपनि जिल्लामा दर्ता भएको उजुरीसहित सहकारी ठगी प्रकरणमा सिआइबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार गृहमन्त्री लामिछानेको सचिवालयले समाचार आएको आधारमा खण्डनगरी पठाएको पत्र, लामिछाने निर्दोष रहेको भनि प्रधानमन्त्री पुष्पकमल दाहाल र लामिछानेले संसदमा बोलेको भिडियोसमेत पेश गर्न आदेश गरेको छ ।
Facebook Comments Box