जसपा नेपालको मुद्दा पुर्ण इजलासमा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर जसपा बनाइएको विरोधमा संस्थापन पक्षले दिएको मुद्दा सर्वोच्च अदालतले पुर्ण इजलासमा पठाइएको छ । लामो समयसम्म हेर्दाहेर्दैमा थन्क्याइएर राखिएको उक्त मुद्दा आइतबार सर्वोच्चले पुर्ण इजलासमा पठाएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गराएको पार्टी फुट सम्बन्धी मुद्दामा गम्भिर संवैधानिक व्याख्याको आवश्यक्ता भएको भन्दै पुर्ण इजलासमा पठाइएको अदालतस्रोतले जनाएको हो । न्यायाधीसद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार दुवै तर्फको बहस सुनेपछि पुर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

जसपा नेपालका अशोक राईसहित सात जना सांसदले पार्टी फुटाएर जसपा गठन गरेपछि निर्वाचन आयोगले तत्कालै दलको मान्यता दिँदै दर्ता गरिदिएको थियो । त्यसको विरोधमा अध्यक्ष यादवले दिएको मुद्दा र पछि ती सात सांसदलाई सांसदको हैसियतमा कुनै पनि काम गर्न नदिन दर्ता गराएको अर्को रिटलाई संगै राखेर सुनुवाई गरिएको थियो ।

यस अघि अदालतले यादवले दर्ता गराएको मुद्दाको पक्षमा अल्पकालिन आदेश गरेको थियो । यादव नेतृत्वको पार्टीले सोमबारदेखि जनकपुरधाममा एकताको प्रथम महाधिवेशन आयोजना गर्दैछ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज