मधेशमा जम्बो मन्त्रिपरिषदः मन्त्री संख्या पुग्यो १६

जनकपुरधाम । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार सम्हालेको दुई दिनपछि आइतबार थप दुई जनालाई मन्त्री बनाइएको छ ।

सिरहा ४(१) बाट निर्वाचित जनमतका त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ भने सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई विना विभागीय मन्त्रीको रुपमा नियुक्त गरिएको छ । यसअघि विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेकी रंजुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्य मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

सिंह मुख्यमन्त्री रहेको मन्त्रिपरिषद्मा साह, मियाँ र मण्डलसँगै सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, भरत साह अर्थ मन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, बेची लुङ्गेली उर्जा, सिँचाई तथा खानेपानी मन्त्री, प्रमोदकुमार जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री, विमला अन्सारी गृह, सञ्चार तथा कानुन मन्त्री, उर्मिलादेवी सिंह श्रम तथा यातायात मन्त्री, केशव राय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री र शारदा देवी थापा शिक्षा तथा संस्कृति राज्य मन्त्री नियुक्त भएका छन् ।

Facebook Comments Box