महासेठ भए कार्यवाहक प्रधानमन्त्री

जनकपुरधाम । एमाले उपमहासचिव एवं नेपाल सरकारका उपप्रधानमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका महासेठले पहिलो पटक कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीका लागि प्रस्थान गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा जिम्मेवारी दिएका हुन् । आइतबार दिल्ली पुगेका दाहाल सोमबार स्वदेश फर्किने जनाइएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि प्रधानमन्त्री दाहालकै सिफारिस बमोजिम राष्ट्रपति पौडेलले उनलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: