मधेशमा पर्यटन प्रबर्द्धन गर्न सरोकारवालासँग अन्तरक्रिया
जनकपुरधाम । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले मधेशमा पर्यटन प्रबर्द्धनका लागि आवश्यक नीति तथा बजेट बनाउन सरोकारवाला पक्षहरुसँग अन्तरक्रिया गरिरहेको छ ।
जनकपुरधामस्थित होटल वेलकममा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री भरत साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, अर्थ सचिव सुभाषचन्द्र शिवाकोटीलगायत नेपाल होटल व्यवसायी संघका प्रदेश अध्यक्ष विजय झुनझुनवाला, होटल तथा पर्यटन व्यसायी संघका प्रदेश अध्यक्ष हिरा गौतम लगायत सरोकारवालाहरुको उपस्थिति छ ।
सरकारले अगामी आर्थिक वर्षको लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटमा पर्यटन प्रबद्र्धनका लागि सम्बन्धित पक्षहरुको सुझाव लिने उदेश्यले कार्यक्रम आयोजना गरिएको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका उपसचिव सुशिल साहले जनाए ।
Facebook Comments Box
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?