भारत जाँदै प्रधानमन्त्री दाहाल

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार भारत भ्रमणमा जाँदैछन् । भाजपा नेता नरेन्द्र मोदी भारतका लागि तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्न लागेको अवसरमा आयोजित समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल नयाँ दिल्ली जान लागेका हुन् ।

मोदीको शपथ ग्रहण समारोहमा अन्य मुलुकमा प्रमुखहरुको पनि सहभागिता हुँदैछ । भारतीय सञ्चार माध्यमको अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जु लगायत विभिन्न मुलुकका प्रमुखहरुको सहभागिता रहने जनाइएको छ ।

शपथ ग्रहण समारोहमा सहभागी हुने विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले रात्रीभोजको आयोजना गर्नेछिन् ।

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज

    ट्याग: