मधेश प्रदेशका मुख्यमन्त्री सिंहले लिए शपथ
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् ।
जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ लिएका छन् ।
प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका हुन् ।
शुक्रबार जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
Facebook Comments Box