मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतको सिंहको दाबी पेस

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमत पार्टीका सांसद सतिश कुमार सिंहको दाबी पेस भएको छ ।

नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी कुल ५५ प्रदेश सभा सदस्यको समर्थनमा शुक्रबार सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस भएको हो ।

६ वटा दल प्रदेशसभा सदस्यहरुले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेश प्रदेशको मुख्यमन्त्री पदमा सिंहलाई नियुक्त गर्न दाबी पेस गरेका छन् ।

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेको थियो ।

Facebook Comments Box
न्यूज आज