शिक्षा व्यवसायी विरेन्द्रको जीवनी पुस्तक खुशी विमोचन

जनकपुरधाम । जनकपुरमा स्थापित शिक्षा व्यवसायी मोडल कलेजका संस्थापक विरेन्द्र साहको जीवनी लेखिएको पुस्तक ‘खुशी’ शनिबार विमोचन गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेल र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष प्राध्यापक डा.सुरेन्द्र लाभले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

पत्रकार सुजित झाले लेखेको पुस्तक खुशीमा मोडेल कलेजका सञ्चालक विरेन्द्र साहले शिक्षा व्यवसायको क्षेत्रमा प्राप्त गरेको सफलतासँगै उनका व्यक्तिगत जीवन यात्रालाई शब्दमा रुपान्तरण गरिएको छ ।

पत्रकार झाको लागि ‘खुशी’ १७ औं कृति हो । यस अघि विभिन्न विषयमा १६ वटा पुस्तक लेखेका झाले ‘खुशी’पछि पुनः अर्को विषयमा लेख्न सुरु गरिसकेको बताए ।

Facebook Comments Box
    ट्याग: