सशस्त्र प्रहरीको गोताखोरले फेला पार्यो नहरमा डुबेर बेपत्ता व्यक्तिको शव

जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एकजना व्यक्तिको शव फेला पारेको छ । शुक्रबार जिल्लाको औरही गाउँपालिका ५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव फेला पारेको हो ।

बिहिबार दिउँसो करिब ४ बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उनको शव गोताखोरको टोलीले करिब २४ घण्टापछि शुक्रबार फेला पारेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दर्शन गिरीले जानकारी दिएको छ ।

बिहिबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनि बर्दिबासका गोताखारको टोली र सोनिगामा बेश क्याम्पका विपद व्यवस्थापन तालिम प्राप्त टोलीले शुक्रबार दिउँसो साढे ४ बजेको समयमा फेला पारेको उपरिक्षक गिरीले बताएको छ ।

बेपत्ता मण्डललको शव डुबेको स्थानबाट करिब २ किलोमिटर दक्षिण तर्फ मृत अवस्थामा फेला पारी नहरबाट शव निकालिएको हो । मृतक मण्डललको शव पोस्टमार्टमको लागि जनकपुरधामस्थि प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
न्यूज आज