‘कमलामा नयाँ पुल बनाउन संघर्ष जारी छ’

९ भदौ । नयाँ कमला पुल निर्माण संघर्ष समितिले मुख्यमन्त्री सतिश कुमार सिंहसँग भएको सम्झौता एक चरणको उपलब्धी भएपनि कार्य सम्पन्न नभएसम्म संघर्ष जारी रहने जनाएको छ ।

संस्थाका संयोजक ईन्जिनियर प्रविण यादवले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अहिलेसम्मको संघर्षमा साथ र समर्थन गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘नयाँ पुल बनाउने सम्झौतासम्म आउन विभिन्न चरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हामीलाई अतुलनीय साथ र सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौं’ विज्ञप्तीमा लेखिएको छ, ‘अगामी दिनमा पनि यो साथ र सहयोग निरन्तर जारी रहँदै अभियानलाई निष्कर्षमा पुग्न एकजुट रहने अपेक्षा गर्दछौं ।’

Facebook Comments Box