झाको नेतृत्वमा प्रजातान्त्रिक विचार समाज

१ भदौ । धनुषामा पत्रकार नविन झाको अध्यक्षतामा प्रजातान्त्रिक विचार समाजको तदर्थ समिति गठन भएको छ ।

प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने विभिन्न पेशाकर्मीहरुको बौद्धिक मञ्चको रुपमा यो विचार समाज गठन गरिएको झाले जानकारी दिए ।

समाजको उपाध्यक्ष पदमा लोचन साह र हदिश खुद्दार, सचिव अजिता पासवान र कोषाध्यक्ष डा. अश्विन झा चयन भएका छन् ।

ADVERTISEMENT

सदस्यहरुमा घनश्याम मिश्र, इन्द्रेश झा, मनोजनन्दन झा, रितु कर्ण, संजीव झा, डा. राजिव शर्मा, डा. विभास गोइत, सुरेन्द्र झा, अजय साह, नितु मल्लिक र डा. लक्ष्मीनारायण गोइतलाई चयन गरिएको छ ।

Facebook Comments Box
न्यूज आज