अत्याधिक गर्मीका कारण जनकपुरधामका विद्यालय बन्द

जनकपुर । जनकपुरमा अत्याधिक गर्मी बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय बन्द गर्न सूचना जारी गरेकाे छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयलाई जेष्ठ १७ गते देखि जेष्ठ २१ गतेसम्म विदा दिएकाे हाे ।

उच्च तापक्रम बढेसँगै बालबालिकालाई पठनपाठनमा असहज हुने भन्दै विद्यालय बन्द गरेकाे विज्ञप्तीमा उल्लेख रहेकाे छ । साथै यस विदा वर्षे विदाबाट कट्टा हुनेसमेत उल्लेख गरिएकाे छ ।

Facebook Comments Box
    ट्याग: