मापसे र ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजबाट सडकमा ड्युटी 

काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाइएको छ।

मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको शुभकामना दिँदै ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाउन निर्देशन दिएका थिए। 

त्यससँगै बुधबार बिहानैबाट कारबाहीमा परेकाहरु ‘ट्राफिक भोलेन्टियर’ लेखिएको ज्याकेट लगाएर सडकमा खटिएका हुन्। 

ADVERTISEMENT

उनीहरुले जेब्राक्रसबाट पैदल यात्रुहरुलाई वारीपारी गराउने लगायतका कामहरु लगाइएको छ। 

यसका साथै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, संकेत बत्ती, गति सीमितलगायत सवारी नियम उल्लंघन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको हाे। 

यसरी सडकमा खटिएका स्वयसेवकहरुले सवारी नियम उल्लंघनकर्तालाई त्यसो नगर्न सम्झाउने छन्।

गृहमन्त्री लामिछानेले मंगलबार नै महिनावारी भएको ४ दिन महिला ट्राफिक प्रहरीलाई ड्यूटीका लागि सडकमा नखटाउन समेत निर्देशन दिएका छन्। गृहमन्त्रीको उक्त निर्णयबाट आफुहरुलाई राहत महसुस भएको महिला ट्राफिकहरुले खुसि व्यक्त गरिरहेका छन्। 

Facebook Comments Box
न्यूज आज

    ट्याग: