निःशुल्क मिटर बाँडेपछि विद्युत चोरीमा कमी

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणको धनुषाधाम वितरण केन्द्रले विपन्न दलित परिवारहरुलाई निःशुल्क मिटर उपलब्ध गराइदिएपछि विद्युत चोरीमा कमी आएको छ ।

ग्रामिण क्षेत्रमा हुकिङगरी विद्युत चोर्ने प्रवृति बढेपछि आवश्यक्ता पहिचान गरी निःशुल्क मिटर बाँडेको वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन सिंहले बताए । आर्थिक विपन्नताको कारण मिटर जडान गर्न नसक्ने वर्गका परिवारहरुलाई निःशुल्क मिटर उपलब्ध गराइएको हो ।

वितरण केन्द्रको कार्यक्षेत्र भित्र बसोबास गर्ने अति विपन्न दलित समुदायका ७५० परिवारलाई निःशुल्क मिटर वितरण गरिएको सिंहले जानकारी दिए ।

ADVERTISEMENT

तर, घरमा मिटर जडान भएपनि हुकिङ गर्ने तथा सिँचाई प्रयोजनको नाउँमा विद्युत चोरी गर्ने प्रवृतिलाई निरुत्साहित गर्न कारबाही अभियान चलाइएको उनले जानकारी दिए ।

धनुषाधाम वितरण केन्द्रका प्रमुख सिंहका अनुसार गत आर्थिक वर्षमा विद्युत चोरीका विभिन्न घटनामा कारबाही स्वरुप जरिवाना गर्दा ८८ लाख २३ हजार रुपैयाँ असुल भएको छ । केन्द्रले विद्युत चोरी नियन्त्रण अभियान अन्तरगत १३० जनालाई कारबाही गरेको थियो ।

विद्युत प्राधिकरणले धनुषाधाम वितरण केन्द्रलाई विद्युत चोरी नियन्त्रण तथा कार्यसम्पादनको आधारमा प्रदेशकै उत्कृष्ट वितरण केन्द्रको रुपमा मूल्यांकन गरेको छ ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: