टुंगियो न्युरोडको फुटफाथ विवाद
काठमाडौं । काठमाडौंको न्युरोड लगायत स्थानमा फुटपाथ विस्तार गर्ने योजनामा उत्पन्न विवाद टुंगिएको छ ।
महानगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत बीच सोमबार भएको छलफलले विवाद टुंगिएको हो । यो सहमतिसँगै वडा कार्यालयहरुको आन्दोलन पनि तत्काल स्थगित भएको छ ।
सहमति अनुसार तत्काल वडा नम्बर २४ मा फुटपाथ निर्माण कार्य सम्पन्न गरिनेछ भने २२ र २३ मा २४ को प्रभावको आधारमा विस्तार गर्ने कि नगर्ने भन्ने निर्णय मंसिर महिनामा गरिनेछ ।
वडा नम्बर २४ मा विस्तार गरिने फुटपाथको प्रभाव अध्ययन गरी सोही आधारमा अगामी निर्णय हुने २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले बताए ।
उक्त अध्ययनका लागि सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिमा वडा नम्बर २२, २३ र २४ का वडा अध्यक्षहरु सदस्य हुनेछन् । निर्माण विभागका सुरज शाक्य सदस्य सचिव रहनेछन् । वडा २२ बाट दुई जना तथा २३ र २४ बाट एक जनाको दरले विषयविज्ञलाई सहभागी गराइनेछ ।
अगामी मंसिर २ गते अध्ययन समितिले प्रतिवेदन बुझाउनेछ । उक्त प्रतिवेदनले सकारात्मक प्रभाव पारेको देखाए २२ र २३ नम्बर वडामा पनि फुटपाथ निर्माण गरिने वडा अध्यक्ष महर्जनले जानकारी दिए ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?