बालाजीको पानीमा अब ‘एम्बुस प्रिन्ट’ बिर्को

जनकपुरधाम । धनुषामा एक दशकदेखि स्तरीय खानेपानी उत्पादन र प्याकिङ गरिरहेको बालाजी खानेपानी उद्योगले अब बोतलको बिर्कोमा एम्बुस प्रिन्ट लागु गरेको छ ।

बजारमा बालाजीको नामलाई दुरुपयोग गर्न अथवा बदनाम गराउन ‘डुप्लिकेट’ पानी बिक्री वितरण गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर यो प्रिन्ट लागु गरिएको उद्योगका सञ्चालक संजय झाले जानकारी दिए ।

अत्यन्तै न्यूण मार्जिन (मुनाफा) लिएर बिक्री हुने खानेपानी व्यवसायलाई मर्यादित र विश्वसनीय बनाउन लगानी थपेर पनि ब्राण्डिङमा ध्यान दिइएको उनले बताए ।

बालाजी खानेपानी उद्योग उत्पादन सुरु गरेको मितिदेखि नै गुणस्तरीय उत्पादनमा निकै गम्भिर देखिएको छ । बजारमा खानेपानी उत्पादकहरुबीच अस्वस्थ प्रतिस्पर्धाको कारण सस्तो मूल्यमा धेरै ब्राण्डको पानी उपलब्ध रहेपनि सबैभन्दा महँगो बालाजीको बजार कायमै रहनुले उसको गुणस्तरलाई पुष्टी गर्छ ।

‘समान्य प्रिन्टभन्दा एम्बुस प्रिन्ट महँगो हो । तर पनि बिर्को प्रिन्टकै कारण पानीमा मूल्य नथपी ब्राण्डिङलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं’ झाले भने, ‘समान्यतया खानेपानीको बजारमा गुणस्तरबारे सेवाग्राही सचेत देखिदैनन् । तर, मानव स्वास्थ्यमा खानेपानीको ठूलो भूमिका रहने वास्तविकतालाई ध्यानमा राखेर हामी सचेत छौं ।’

बालाजी खानेपानी उद्योगका उत्पादनहरु एक लिटर र आधा लिटरको बोतलमा उपलब्ध हुने बालाजी तथा एक लिटरमा उपलब्ध हुने सिया पानीको बिर्को हेरेर मात्रै पानी खरिद गर्न झाले ग्राहक वर्गमा अनुरोध गरे ।

गुणस्तरीय पानीको नाउँमा नक्कल गरिएको गैरजिम्मेवार उत्पादनको उपयोग गर्न नपरोस् भनेर यसवारे ग्राहकलाई जानकारी हुनुपर्ने उनको भनाई छ ।

मधेश प्रदेशमा दर्जनौ खानेपानी उद्योगको उत्पादन बजारमा उपलब्ध भएपनि बोतलको बिर्कोमा एम्बुस प्रिन्ट गर्ने बालाजी खानेपानी उद्योग पहिलो र एकमात्र उद्योग हो ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: