बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्छ : मधेश प्रदेशका मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरेका छन् ।

आज विहान शुभकामना सन्देश जारी गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । मुख्यमन्त्री सिंहले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहेका भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गरेको छ । 

‘मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग द्वेषलाई विर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ,’ मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमा भनेको छ, ‘इस्लाम धर्मावलम्बीहरुले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ ।’

 सामाजिक संस्कृति, परम्परा, रितिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु- उनले उल्लेख गरेको छ ।

उनले बक्र ईद पर्वले सबै नेपालीहीहरुबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएको छ ।

Facebook Comments Box
न्यूज आज