यदुकुहामा हेटौडालाई गाईघाटले हरायो

जनकपुरधाम । धनुषास्थित शहीदनगर नगरपालिकामा आयोजित तेस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा एसएनएफसी हेटौडामाथि गाईघाट फुटबल क्लवले ५–४ गोल अन्तरले विजयी प्राप्त गरेको छ ।

एसएनएफसी हेटौडाको तर्फबाट विवेक चौधरी, सरितम लामा, अमित बलोन र अनुप रानामगरले गोल गरेका थिए । गाईघाट फुटबल क्लवको तर्फबाट प्रविण राई, सुदिप राई, दिवस श्रेष्ठ, अतिशमा खड्का र नर्वु तामाङले गोल गरेका हुन् ।

Facebook Comments Box
    ट्याग: