विश्व खाद्य स्वच्छता दिवसमा प्रभातफेरी

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुक्रबार प्रभातफेरी गरेको छ । जनकपुरधामको भानु चोकस्थित प्रदेश कार्यालयबाट सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समिति कार्यालय परिसर पुगेर कोणसभामा परिणत भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रदेश कार्यालय प्रमुख हस्तबहादुर राईको नेतृत्वमा आयोजित प्रभातफेरीमा मातहतका सबै जिल्लास्थित कार्यालय प्रमुखहरु, नागरिक समाज, विद्यार्थी, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारी तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत सुकृति गोरखालीले विश्व खाद्य स्वच्छता सम्बन्धी ऐन, नियम, नीति र सावधानीका वारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । खाद्य निरिक्षक प्रदिप संग्रौलाले सहजीकरण गरेको कार्यक्रमले स्वस्थ र गुणस्तरीय खाद्य पदार्थको उपभोगमा चेतना बढाउन टेवा पुग्ने बताइएको छ ।

अर्का खाद्य निरिक्षक प्रविण तिवारीले मानव शरीरमा संक्रमण हुने जतिपनि रोगको प्रमुख कारण मानिसले उपभोग गर्ने खाद्य सामग्री रहेको उल्लेख गर्दै खाद्य उपभोगमा सम्वेदनशिल हुन हरेक व्यक्तिका लागि आवश्यक रहेको बताए । उनले सञ्चार माध्यमहरुलाई पनि यो सवाललाई प्राथमिकताका साथ प्रकाशन, प्रसारण गर्नुपर्ने सुझाव दिए ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज