पहिलाे पल्टमै राराब क्याम्पसले क्रिकेट प्रतियोगितामा गर्याे जित हासिल

जनकपुर । जनकपुरमा शुक्रबार भएको `इन्टर कलेज क्रिकेट प्रतियोगिता २०८०´ को फाइनल खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसले जित हासिल गरेकाे छ । प्रतियोगितामा राराब क्याम्पस र बिपि मेमोरियल कलेज बिच प्रतिसपर्धा भएकाे हाे । उक्त खेलमा राराबले बिपि मेमोरियल कलेजलाई पाराजीत गर्दै सानदार जित हात पारेको हाे ।
जनकपुरकाे बाह्रविघा मैदानमा भएको खेलमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसले ५ ओभर अगाडि बिपि मेमोरियल कलेजलाइ पराजित गर्दै फाइनलको उपाधी हात मारेकाे थियाे ।
टस जितेर बिपि मेमोरियल क्याम्पसले सुरुमा ब्याटिङ रोजेका थिए । १६ ओभर खेलेर ११३ रन बनाएर ११४ रनको लक्ष्य रा.रा.ब क्याम्पसलाइ बिपिले दिएको थियो । बिपि मेमोरियल कलेजको ब्याट्सम्यानले केही उत्कृष्ट प्रदर्शन गर्न सफल रहेन
जवाफी ब्याटिङमा उत्रेका रा.रा.ब क्याम्पसले लक्ष्य पछ्याउँदै ५ ओभर शेष रहदै ११४ रन बनाएर उपाधी आफ्नो कब्जा गरेको हो । उक्त खेलमा ४ ओभर बलिङ गरेर तीन विकेट लिए र १२ रन बनाएर रा.रा.ब क्याम्पसका विद्यार्थी अङ्कित सिंह राजपुत म्यान अफ द म्याच बनेका हुन ।
पहिलाे पल्ट राराब क्याम्पसले यसरी विद्यार्थीलाई हाैसला तथा खेलकुद प्रति जागरुगता गराउन प्रतिस्पर्धामा भगा लिएकाे हाे।
स्ववियु सभापति मनिस कुमार यादवका अनुसार कलेजले थप यस्ता खेलहरुमा विद्यार्थीकाे मनाेवल प्रदान गराउन अन्य प्रतिस्पर्धा समेत गराउन पर्नेमा जाेड दिए । उनले भने, ‘ इतिहासमै पहिलाे पल्ट हाे राराबका विद्यार्थी यसरी प्रतिस्पर्धामा उत्रेर कलेजकाे नाम पहिलाे खेलमै दर्ज गराएकाे । यसकाे निरन्तरताकाे लागि स्ववियु पहल गर्ने छ ।’