जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ आजदेखि
जनकपुरधाम । आजदेखि जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको आयोजनामा यो मेला सुरु हुन लागेको हो ।
शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन हुने मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले गर्नेछ । उनले मेलाको उद्घाटन बिहान १० बजे गर्ने आयोजकले जनाएको छ ।
मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त रुपमा आयोजना गरेको छ । भने नेपाल उद्योग परिसंघ मेलाको सह आयोजना गरेको हो ।
मधेश प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिने अपेक्षा आयोजकको रहेको छ । यस मेलामा सहभागिताका लागि ३५ स्टल राखिएको छ ।
Facebook Comments Box