इन्सपेक्टर खड्का बने धनुषाको उत्कृष्ट प्रहरी
जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक नवराज खड्का बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
खड्काले उत्कृष्ट कार्यसम्पादन गरेकोले उक्त कार्यको उच्च मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी ‘POLICE OF THE MONTH’ अवार्डले सम्मान गरेको हो ।
बिहिबार धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले उनलाई प्रशंसा पत्र प्रदान गर्दै उत्कृष्ट प्रहरी अवार्डले पुरस्कृत गरेका छन्। इन्सपेक्टर खड्काले अपराध अनुसन्धान र नियन्त्रणको क्षेत्रमा बैशाख महिनाभरीमा उत्कृष्ट भूमिका खेलेको बताइएको छ ।
गत बैशाख २४ गते जनकपुरधाममा सहकारीको ८० लुटपाट भएको घटनामा संलग्न व्यक्तिहरुमध्ये १४ लाख ५३ हजार रुपैयासहित तीन जना व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेको, बैशाख महिनामा अन्दाजी ३०९ किलोग्राम लागूऔषध गाँदा बरामद गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको, भन्सार चोरी निकासी पैठारीका लाखौंको सर सामानहरु बरामद गरी राजश्वमा बृद्धि उल्लेखनीय भूमिका निर्वाह गरेको र न्यायिक तथा अर्घ न्यायिक निकायहरुबाट दण्ड जरिवाना तोकिएका १०४ जना फरार प्रतिवादीहरु पक्राउ गर्न खटिएको टोली परिचालनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बैशाखको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
आफ्ना मातहतका प्रहरीहरुको मनोवल उच्च बनाउन तथा कार्यहरुको उचित मूल्यांकन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला भरीका प्रहरीहरु मध्ये हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरिरहेको प्रहरी उपरिक्षक तिवारीले बताए ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?