आफ्नै पेस्तोल पड्केर गोविन्दालाई लाग्यो गोली

बलिवुड अभिनेता एवम् शिव सेनाका नेता गोविन्दालाई मंगलबार बिहान आफ्नै घरमा आफैले बोकेको पेस्तोल पड्केर गोली लागेको छ ।

बिहान करिब ५ बजेको समयमा लाइसेन्स प्राप्त आफ्नो पेस्तोल सरसफाई गरी राख्न खोज्दा मिसफायर भएर खुट्टामा लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गोली लागेको केही समयमै अस्पताल पुगेका गोविन्दाको खुट्टाबाट चिकित्सकले गोली निकालिसकेका छन् । गोली निकालिएपछि पूर्ण रुपले उनी स्वस्थ रहेको अस्पताल स्रोतले सञ्चारमाध्यमलाई जनाएको छ ।

आरामका लागि अहिले पनि गोविन्दालाई अस्पतालमै राखिएको जनाइएको छ । मुम्बईस्थित आफ्नो घरमा पेस्तोल सफा गर्ने क्रममा गोली लाग्दा गोविन्दाकी पत्नी जयपुरमा थिइन् । श्रीमति सुनिता जयपुरबाट सिधै अस्पताल पुगेको जनाइएको छ ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: